काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले अवितरित ३ लाख २० हजार ७४२ कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

संस्थाले आगामी पुस ७ गतेदेखि अविरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । संस्थाले गत असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रद सेयर निष्कासन गरेकोमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको २ लाख ८ हजार ५२३ कित्ता र सर्वसाधारण समूहको १ लाख १२ हजार २१९ कित्ता गरी कुल ३ लाख २० हजार ७४२ कित्ता सेयर लिलामीमा राख्न लागेको हो ।

लिलामीमा राख्न लागिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले बोलपत्र पेस गर्दा सोभन्दा माथि बोलकबोल गर्नुपर्नेछ।

यसैगरी बोलपत्र पेस गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम सेयर संख्याका लागि भने कुनै हद तोकिएको छ ।

लिलामी सेयरका लागि काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटल लिमिटेड, सनराइज बैंका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुखेृत र धनगढी तथा सिर्जना फाइनान्सको विराटनगर र राजविराज कार्यालयमा बोलपत्र पेस गर्न सकिने छ ।

बोलपत्र पेस गर्ने अन्तिम मिति पुस १४ गते रहेको छ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।