काठमाण्डौ । सिर्जना फाईनान्स लिमिटेडको अठारौंं बार्षिक सधारण सभाबाट निर्वाचित सञ्चालक समितिको प्रथम बैठकले अध्यक्षमा सुयश प्याकुरेललाई निरन्तरता दिने निर्णय गरेको छ ।
सोही निर्णय बमोजिम मंगलबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैक, बिराटनगरका निर्देशक बिनोदराज आचार्यले अध्यक्ष सुयश प्याकुरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
सोही कार्यक्रममा उनले सिर्जना फाईनान्सले राम्रो प्रगति गरेको र भबिष्यमा नेपाल राष्ट्र बैंकबाट निर्देशित नीति–निर्देशनहरुको पालना गर्दै अब्बल बनोस् भनी निर्वाचित पदाधिकारीहरुलाई शुभ–कामना दिए ।
सपथ कार्यक्रममा छोटो मन्तव्य राख्दै अध्यक्ष सुयश प्याकुरेलले यस बित्तीय संस्थालाई शेयरसदस्य तथा ग्राहकहरुले अत्यन्त माया र बिश्वास गरेका बताए । उनले नेपालको अग्रणी संस्था बनाउने उद्घोष गर्दै ग्रामीण तथा शहर बजारमा दरिलो उपस्थिति जनाउँदै व्यबसाय बिस्तार गरी आगामी बर्ष राष्ट्रिय स्तरको बन्ने बताए ।
सोही सपथ ग्रहण कार्यक्रममा निर्वाचित सञ्चालक सुवास आचार्य र राजीब कुमार मिश्रलाई अध्यक्ष सुयश प्याकुरेलले सपथ ग्रहण गराए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago