काठमाण्डौ । महालक्ष्मी विकास बैंकले असोज १४ र १७ गते क्रमशः कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं ३०, स्थित सिसुवा शाखा तथा पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं १२, स्थित, श्रीपुर शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
सिसुवा शाखाको समुद्घाटन उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले र श्रीपुर शाखाको समुद्घाटन वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले गरेका हुन् ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने, सञ्चालक श्यामसुन्दर रुगंटा तथा वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेको पनि सहभागिता थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यलयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी रहेको छ । महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी रु. २ अर्ब ६३ करोड रहको छ भने बैंकले हालसम्म करिब रु. २६ अर्ब ३४ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब २३ करोड कर्जा प्रवाह गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19