काठमाण्डौ । एनसीसी र कुमारी बैंकलाई सफल मर्जर गराएका रमेशकुमार अर्यालले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका छन् ।
सीइओ अर्यालले तिहार विदाको अघिल्लो दिन दिएको राजीनामा आज बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।
सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ डेपुटी सीइओ रामचन्द्र खनाललाई सीइओमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
यसअघि कुमारी बैंकका तत्कालीन सीइओ अनुजमणि तिम्सिनाले राजीनामा दिंदा समेत खनालले सीइओको जिम्मेवारी पाएका थिए । उनले सो बेला छोटो समयमै तत्कालीन कुमारी बैंकमा राम्रो सुधार गरेका थिए ।
तर, त्यही बीचमा एनसीसी बैंकसँग मर्जरको कुरा मिलेपछि सहमतिका आधारमा उनी ’ठूलो साइजको कुमारी बैंक’ वरिष्ठ डेपुटी सीइओमा बस्न तयार भएका थिए ।
कुमारी बैंकले मर्जरपछिको बैंकमा सञ्चालक समितिको अध्यक्ष पाएपछि सीइओ एनसीसी बैंकका तत्कालीन सीइओ समेत रहेका अर्याललाई दिइएको थियो ।
सीइओमा नियुक्त खनाल नेपालका वाणिज्य बैंकहरुमा करिअरको छोटो अवधिमा उपल्लो स्तरमा पुग्ने सीमित बैंकरमध्ये गनिन्छन् । उनी यसअघि पहिलो पटक कुमारी बैंकको सीइओ हुँदा बैंकिङ करिअर सुरु गरेको १२ वर्ष मात्र भएको थियो ।
खनाल पहिलोपटक कुमारी बैंकको सीइओ हुँदा बैंकिङ तरलताको समस्या थियो भने अहिले खराब कर्जाको । तरलता अभावको समयमा समेत निकै राम्रो परफरमेन्स गरेका खनालका लागि बैंकको बढ्दो खराब कर्जा टाउको दुखाईको विषय बन्नसक्छ ।
चार्टर्ड अकाउण्टेन्ट समेत रहेका खनालले १४ वर्षअघि सानिमा बैंकबाट सिनियर अफिसरबाट करिअर सुरु गरेका थिए ।
पुनः सीइओमा नियुक्त भएपछि बिजशालासँग प्रतिक्रिया दिंदै खनालले भने –‘मेरो लक्ष्य भनेको अबको एक वर्षभित्र कुमारी बैंकलाई नयाँ उचाईमा पुर्याउनु हो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19