काठमाण्डौ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले विद्युतीय कार ‘नेटा भी’ सार्वजनिक गरेको छ। 

सीजी मोटर्सले चीनको जिजियाङ प्रान्तमा रहेको होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीसँगको सहकार्यमा यो कार नेपाल भित्र्याएको हो। 

सीजी मोटर्सका अनुसार नेटा भिको रनिङ कस्ट एकदमै न्यून रहेको छ। यो कार कुदाउँदा प्रतिकिलोमिटर ०.५ रुपैयाँमात्रै खर्च हुने सीजी मोटर्सको दाबी छ। 

यो कारलाई ३७ लाख ९९ हजार सुरुआती मूल्यमा बुकिङ गर्न सकिने सीजी मोटर्सले जनाएको छ। कार खरिद गर्दा ६.६ किलोवाटको होबेस्ड चार्जर र एक वर्षको बीमा निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। 

कारको नन मुभिङ एक्टेरियर पार्टहरुमा २ लाख किलोमिटर वा १० वर्षको वारेन्टी प्रदान गरिनेछ। यस्तै ब्याट्री मोटरमा १ लाख ५० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी प्रदान गरिनेछ। 

नेटा भी एकपटक फुल चार्ज भएपछि ३८० किलोमिटरसम्म कुद्न सक्ने जनाइएको छ। यो कारलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घन्टा लाग्छ। फास्ट चार्जरबाट भने ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ। 

कारको लम्बाइ ४०७० एमएम, चौडाइ १६९० र उचाइ १५४० एमएम र ह्विलवेस २४२० एमएम रहेको छ।

यसको ग्राउन्ड क्लियरेन्स भने १६० एमएम रहेको छ। यो कारमा की९लेस इन्ट्री सिस्टम, रियर भ्यु क्यामेरा, टीपीएमएस टायर प्रेसर मनिटरिङ सिस्टम, एबीएस (एन्टिलक ब्रेकिङ सिस्टम), हिल स्टार्ट असिस्ट, ड्राइभर÷प्यासेन्जर एयरब्यागजस्ता फिचरहरु उपलब्ध गराइएको छ।