काठमाण्डौ । राष्ट्रबैंकले कर्जा निक्षेप अनुपात(सीडी रेसियो)को व्यवस्था कार्यान्वनयमा ल्याउने भएको छ ।
मौद्रिक नीतिमार्फत सीडी रेसियो ९० प्रतिशत पुर्याउने घोषणा भएको हो ।
यो व्यवस्थासँगै यसअघिको सीसीडी रेसियोसम्बन्धी व्यवस्था खारेज भएको छ । बैंकहरुले ८५ प्रतिशत सीसीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था थियो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने–'बैंक तथा वित्तीय संस्थाले २०७९ असार मसान्तसम्म कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशत कायम गर्ने व्यवस्था मिलाइनेछ ।'
पूँजीकोषको अंगको रुपमा रहेका ऋणपत्र र सापटीलाई कर्जा निक्षेप अनुपातमा समावेश गर्नसकिने व्यवस्था समेत हुने उनले जानकारी दिए ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब बढीको कर्जा लगानी गर्दा अनिवार्य रुपमा सहवित्तीयकरणको व्यवस्थालाई संसोधन गरी २ अर्ब बनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago