काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले मोरङ्ग जिल्लाको सुन्दरहरैचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसको कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई रु. ५०,००० छात्रवृत्ति रकम प्रदान गरेको छ ।
 
२०७६ जेष्ठ २८ गते विद्यालयमा आयोजित एक कार्यक्रममा विकास बैंकको धरान क्लष्टरका कर्मचारी सुदीप आचार्यले विद्यार्थीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
 
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत प्रदान गरेको छात्रवृत्तिबाट क्याम्पसमा अध्ययनरत जेहेनदार विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास विकास बैंकले लिएको छ । 
 
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमा थप १५ शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले २०७६ जेष्ठ २७ गतेसम्ममा  रु.३० अर्ब ४० करोड निक्षेप संकलन गरी रु.२७ अर्ब ४० करोड कर्जा लगानी गरेको छ ।