 
                     
                                
                             
                                    काठमाण्डौ। नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’नामको फाइनान्स स्किम ल्याएको छ।
यो स्किमअन्तर्गत ग्राहकले न्यूनतम ३ लाख ७९ हजार ९०० रुपैयाँ डाउनमेपेन्टदेखि सुजुकीका पेसेन्जर कार र २ लाख ९९ हजार ७५० रुपैयाँ डाउनपेमेन्टदेखि सुजुकीका कमर्सियल गाडी खरिद गर्न सक्नेछन्। यो योजनामा डाउनपेमेन्टमा सुजुकीका पेसेन्जर कार खरिद गर्दामात्र १३ हजार ९१३ रुपैयाँदेखि र कमर्सियल मोडेल खरिद गर्दा मात्र ९ हजार ७३४ रुपैयाँदेखि मासिक किस्ता तिर्नुपर्ने हुन्छ। फरक सुजुकीका मोडेलमा फरक डाउनपेमेन्ट र मासिक किस्ता लागू हुने कम्पनीले जनाएको छ।
फाइनान्स स्किमका अलावा सुजुकीले अधिकतम २ लाख २५ हजार रुपैयाँसम्म आकर्षक नगद छुट, अधिकतम २ लाख रुपैयाँ एक्सचेन्ज भ्यालुएसन र एक वर्षको इन्स्योरेन्सको व्यवस्थासमेत गरेको छ। फरक सुजुकीका मोडेलमा फरक नगद छुट, एक्सचेन्ज भ्यालुएसन र इन्स्योरेन्सका लागू हुनेछ।
कम्पनीका अनुसार अहिले कोभिड १९ को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले नेपाली ग्राहक अन्यौलमा परेको छ। तथापि आफ्नो र आफ्नो परिवारको सुरक्ष ाअहिले सबैको प्राथमिकताको विषय हो। तसर्थ, आफ्ना मानिसको सुरक्षाका लागि र कार खरिद गर्ने सपनालाई साकार बनाउन सुजुकीको अफरले मद्दत गर्ने अपेक्षा सीजी मोटोकर्पको छ।
यो स्किम नेपालभर फैलिएका सुजुकीका सबै ३५ वटा सेल्स आउटलेटमा उपलब्ध रहेको बताइएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19