काठमाण्डौ । नेपालका लागि सुजुकी ब्रान्डको चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा CG|Holdings अन्तर्गतको अटोमोटिभ डिभिजन CG|Motocorp तथा CG|NXTGEN ले नेपालमा दुई नयाँ एसयूभी ‘द ग्रान्ड भिटारा’ र ‘ब्रेजा’ एक कार्यक्रमबीच सार्वजनिक गरेको छ।
कार्यक्रममा दुवै गाडीका मूल्य पनि सार्वजनिक गरिएको छ। ‘द ग्रान्ड भिटारा’, सुजुकीको बहुप्रतिष्ठित मोडेल हो र यो नयाँ संस्करणको ग्रान्ड भिटारामा सुजुकीको आफ्नै "Crafted Futurism Design Language" को प्रयोग गरिएको छ जसले अरु भन्दा फरक बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको छ। सुजुकीको लेजेन्डरी All-Grip टेक्नोलोजीले यस एसयूभीको अफ–रोड क्षमता बढाउँछ। यसका साथै यो सेग्मेंटको एसयूभीमा नभएको थुप्रै नयाँ फिचर्सहरु पनि पाउन सकिन्छ। ग्रान्ड भिटारामा भारतीय बजारमै पहिलो पटक, अत्याधुनिक र कम इन्धन खपत गर्ने "Full Hybrid" प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ।
पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्री हुने एसयूभी हो। ब्रेजामा अत्याधुनिक प्रविधिहरु र नेक्स्ट–जेनेरेसनको आराम र सुविधाजनक फिचर्सहरु पाउन सकिनेछ। एक ठूलो फड्को मार्दै यो स्पोर्टी एसयूभीले स्टाइलिस र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरु प्रदान गर्दछ। नयाँ ब्रेजामा हाई–टेक सुविधाहरु छन् जुन सहर र बाहिर सडकहरुमा ड्राइभ गर्दा वास्तवमै उपयोगी हुन्छन्।
निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजबुत बनाउने बिश्वास कम्पनीले लिएको छ। CG|Holdings का कार्यकारी निर्देशक करण चौधरीले भने, ‘पछिलो समयमा नेपाली बजारमा एसयूभीको माग उच्च छ। यसको एउटा प्रमुख कारण हाम्रो देशमा रहेको फरक फरक ड्राइभिङ conditions हुन जसको लागि एसयूभी उचित हुन्छ। साथै ग्राहकबर्गले आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गर्दछन। सेगमेन्ट–फर्स्ट सुविधाहरु, प्रिमियम इन्टेरियर, आकर्षक डिजाइन र उन्नत अटो मोबाइल प्रविधियुक्त नयाँ ग्रान्ड भिटारा र ब्रेजा, यो सेगमेंटमा GAME CHANGER हुनेछ।’
Highlights of New Grand Vitara
क्राफ्टेड फ्युचरिज्म डिजाइन
भविष्यबाट प्रेरित, यो डिजाइन भाषा नयाँ नेपाली ग्राहकको राजाईसँग मेल गर्न विशेष रुपमा तयार गरिएको छ। यो डिजाइन तीन मुख्य आधारमा प्रतिबद्ध हुन्छ।
१.५ लि. इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन
प्रोग्रेस्सिभ स्मार्ट हाइब्रिड प्रणाली युक्त नेक्स्ट–जेन के–सिरिज, १.५ लि. डुअल जेट डुअल VVT इन्जिन
Suzuki ALLGRIP उत्कृष्ट अफ–रोडिङ क्षमताः
नेक्स्ट–जेन पावरट्रेन को साथै द ग्रान्ड भिटारामा नेक्स्ट–जेन प्रबिधिहरु पनि छन्। जस्तै:
ग्रान्ड भिटारामा भएको आकर्षक फिचरहरु ले ] NEXperience लाई पूर्ण परिभाषित गर्दछ :
सुजुकी टेक्ट प्लेटफार्म (विश्वव्यापी सी–प्लेटफार्म) मा निर्मित ग्रान्ड भिटारा सुजुकी सुरक्षा शिल्डद्वारा सुरक्षित छ
आधुनिक र आरामदाई इन्टेरियर
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19