 
                     
                                
                             
                                    काठमाण्डौ । सुजुकी कम्पनीको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रालिले आउँदै गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ ।
चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको यस अफर अन्तर्गत ग्राहकवर्गहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२ हजार नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।
हाल देशको विषम परिस्थितिमा सुजुकीले आफ्ना ग्राहकहरुलाई सजग र सुरक्षित रही चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।
सुजुकी दशै तिहार अफरले ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त रहेको बताएको छ । सुजुकी कम्पनीको विभिन्न नवीनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ्ग म्यानेजर समित सिंह बताउँछन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19