काठमाण्डौ । नेपालमा लामो समयदेखि प्रतीक्षा गरिएको दुई सुजुकी एसयूभी अब नेपालभरका सबै सुजुकी शोरुममा हेर्न र टेस्ट ड्राइभ लागि साउन २२ गतेदेखि उपलब्ध हुने भएको छ। 

उक्त दिन सबै सुजुकी शोरुममा जिम्नी र फ्रोन्क्स अनावरण पनि गरिने कम्पनीले जनाएको छ। नेपालका लागि सुजुकी ब्रान्ड चारपांग्रे सवारीसाधनको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेस्क्टजेनले ती एसयूभी बुकिङ गत असार २९ गतेदेखि नै खुला गरेको थियो।  

कम्पनीले आक्रमक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ। जिम्नीको सुरुआती मूल्य रु. ५९ लाख ९९ हजारबाट र फ्रोन्क्सको मूल्य रु. ३९ लाख ९९ हजारबाट सुरु हुनेछन्। 

५–ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक हो। यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको छ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो। जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ। यो एसयूभी एक समर्पित उन्नत ४डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र 3 Link Rigid Axle Suspension जस्ता अफ–रोड सुविधा समावेश गर्दछ।  अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीले २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधा समावेश गर्दछ। 

नयाँ सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो।  

‘द फेस अफ न्यु एसयूभी’ भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिन्छ भने यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदायी र सुरक्षित अनुभूति प्रधान गर्दछ। प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित फ्रोन्क्सले आधुनिक नेपाली ग्राहकका लागि सम्पूर्ण माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ।