काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पल पौष महिनादेखि राष्ट्रब्यापी संचालन गरेको सुजुकी सेलेरियो टेष्ट राइड क्याम्पेनलाई निरन्तरता दिदैं आएको छ ।
उपभोक्तालाई खरिद निर्णय लिनुपूर्ण पहिलो अनुभव तथा सन्तुष्टि प्रदान गर्ने सोचका साथ कम्पनीले आयोजना गरेको यस कार्यक्रम सुजुकीका आठवटा आधिकारिक शोरुम थापाथली, पुल्चोक, नयाँबजार, बालकुमारी, महाराजगञ्ज, कंलकी, बौद्ध र नक्सालमा गत पुस २०७४ मा सञ्चालन भई सफल भएको थियो ।
कम्पनीका अनुसार ५८२ जना ग्राहकले टेष्ट राईड गरी कार्यक्रममा सहभागी भएका थिए । सहभागी भएका ग्राहकहरुले सकारात्मक धारणा व्यक्त गर्दैै किन्नु अगाडि टेष्ट राईड गर्र्न सुविधा पाएकोमा सन्तुष्टि जनाए ।
सेल्स, मार्केटिङ एण्ड स्ट्रयाटिजी डिजीएम सिरज पन्तका अनुसार “ग्राहकहरुको उल्लाहसपूर्ण सहभागिताले हाम्रो यो सुरुवातलाई आशापूर्ण प्रतिक्रिया दिएको छ, भावी संचालन हुने टेष्ट राईड कार्यक्रममा पनि ग्राहकवर्गको सोही उल्लाहसपूर्ण सहभागिता प्राप्त हुनेमा कम्पनी आशावादी रहेको बताए ।
सेलेरिया “द परफेक्ट फेमिली कार” नेपाली बजारमा गत पुस महिनामा टेष्ट राईड अभियान मार्फत बजारमा ल्याएको थियो । हरेक टेष्ट राईडमा उपभोक्ताले आकर्षक उपहारका साथै १ जना भाग्यमानी उपभोक्ताले बम्पर रु. १ लाख क्यासब्याक जित्ने अवसर पनि प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19