काठमणडौ । एनआइसी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरका बीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर  पेमेन्ट  तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एनआइसी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इञ्चार्ज रौनक करवाले हस्ताक्षर गरे भने सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरे । 

हाल यो बैंकको देशभर २८५ शाखा कार्यालय, ३०० एटीएम, ४७ वटा एक्सटेन्सन काउण्टर र ३७ वटा शाखारहित बैंकिङ इकाईको बृहत सञ्जाल रहेको छ । 

बैंकमा करिब १६ लाख ग्राहक रहेका छन् ।