काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । यसै क्रममा बैंकले सिन्धुली जिल्लाकोे सुनकोशी गाउँपालिका खाल्टेमा भदौ २७ गते १०१ औं शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । 

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी किर्तिमान नेपालीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । 

सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सोही अवसरमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको शिक्षा जगतमा टेवा पुर्याउने उद्देश्यले अमारे माध्यमिक विद्यालयलाई ४ थान कप्युटर प्रदान गरेको छ । अब आउने निकट भविष्यमा बैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०१ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।