काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
गत शुक्रबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँले बढेको थियो।
आज चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार ३०० रुपैयाँ नै कायम भएको छ। हिजो आइतबार पनि चाँदी स्थिर रहँदै १ हजार ३०० रुपैयाँमै कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19