काठमाण्डौ । लगातार बढिरहेको सुनको भाउ आज मंगलबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार पनि २०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउ भने लगातार ३ दिनदेखि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ नै कायम भएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19