काठमाण्डौ । सुनको भाउ बढ्ने क्रमले आज मंगलबार पनि निरन्तरता पाएको छ।
साताको तेस्रो दिन मंगलबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
गत आइतबार भने सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो।
आज चाँदीको भाउ तोलामै २५ रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो सोमबार तोलामा ५ रुपैयाँ बढेको चाँदीको भाउ आइतबार भने स्थिर रहेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19