काठमाण्डौ । सुनको भाउ फेरि उकालो लागेको छ।
नेपाल सुनचाँद व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३१५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19