काठमाण्डौ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँमा झरेको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोल फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
लगातार तेस्रो दिन शुक्रबार पनि चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३५० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि स्थिर रहेको चाँदी १ हजार ३५० रुपैयाँमै कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19