काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ४०० रुपैयाँमा झरेको छ।
हिजो बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19