काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोल फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो।
आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३५५ रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19