काठमाण्डौ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै १ हजार २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँ कायम भएको छ।
यो भाउ ४२ दिनयताकै कम रहेको महासंघले जनाएको छ। यसअघि वैशाख २३ मा प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा झरेको थियो।
यो पाँच साताको अवधिमा सुनको भाउ गत जेठ २० गते ९४ हजार ९०० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि भने सुनको भाउ ओरालो लाग्न थालेको हो।
सुनको भाउ हिजो बिहीबार तोलामा १ हजार १०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ घटेर चाँदी १ हजार ३४० रुपैयाँ कायम भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19