काठमाण्डौ । नेपाल बजारमा सुनको भाउ फेरि ओरालो लागेको छ।
लगातार २ दिन बढेको सुनको भाउ बुधबार फेरि ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ३०० रुपैयाँले सुनको भाउ घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २०० रुपैयाँमा झरेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँ किनबेच भएको थियो।
आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार ३०० रुपैयाँमा करोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19