काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19