काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ उकालो लागेको छ।
लगातार ओरालो लागेको सुनको भाउ आज तोलामा २०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सोमबार भने सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर १ हजार २०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19