काठमाण्डौ । नेपाली बजार बुधबारमा सुनको भाउ पनि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९१ हजार रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19