काठमाण्डौ । नेपाली बजारमा आज आइतबार सुनको भाउ स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँलेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार २१० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।