काठमाण्डौ । सुनको भाउ ओरालो लाग्ने क्रम जारी नै छ । सुनको भाउ आइतबार फेरि तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७० हजार २०० र तेजाबी सुन ६९ हजार ९०० मा कारोबार भइरहेको छ । गत साता कारोबारको अन्तिम दिन प्रतितोला छापावाल सुन ७० हजार ६०० रुपैयाँ र तेजाबी सुन ७० हजार रुपैयाँमा कारोबार भएको छ । त्यस दिन पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ ।
गत साता समग्रमा सुनको भाउ १ हजार ४०० रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार चाँदी भने आइतबार प्रतितोला ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19