काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19