काठमाण्डौ । सुनको भाउ उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19