काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँ पुगेको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19