काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा झरेको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २०५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19