काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ सोमबार उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। योसँगै प्रतिकित्ता फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो भार स्थिर रहँदै चाँदी १ हजार २६० रुपैयाँ कायम भएको थियो।