 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँ कामय भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ पुगेको छ। हिजो मंगलबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19