 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाली बजारमा लगातार तेस्रो दिन बिहीबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार २०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २५५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19