काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार ३१५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19