काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँ बढेर चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19