काठमाण्डौ । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३०० रुपैयाँ कायम भएको हो।

हिजो बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ बढेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।