काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ मंगलबार ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै फाइन गोल्ड १ लाख २ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलमा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाका १ हजार ४२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19