काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले हो। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार २७० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19