काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19