काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो बुधबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार २८० रुपैयाामा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19