काठमण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार १७५ रुपैयाँमा कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19