काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ९०० रुपैयाँ कायम भएको.छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २८५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19