काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको बढेको छ। सुनको भाउ लगातार तेस्रो दिन उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९८ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19