काठमाण्डौ । नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।