काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ५०० रुपैयाँ तेजाबी गोल्ड १ लाख रुपैयाँमा कारोबार भएको थियो।

आज लगातार तेस्रो दिन चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ नै कायम भएको छ। हिजो पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।