काठमाण्डौ । सुनको भाउ आइतबार फेरि यो वर्षकै उच्च स्तरमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ। 

सुनको आजको भाउ यो वर्षकै उच्च हो। गत बिहीबार सुनको भाउ वर्षकै उच्च स्तरमा पुगेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ६०० रुपैयाँमा करोबार भएको थियो।

गत शुक्रबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।