काठमाण्डौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। यो भाउ यस वर्षकै उच्च हो। 

हिजो आइतबार पनि सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।