काठमाण्डौ । सुनको भाउ बुधबार पनि ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19